प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट पारित भई संसद्मा विचाराधीन सूचना प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेसका भातृ संगठन सडकमै उत्रिए ।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको भन्दै नेपाली कांग्रेसका नेताहरूले सडकबाट सरकारलाई चुनौती समेत दिए ।
सूचना प्रविधि विधेयकको विरोधमा कांग्रेस भातृ संगठनले आयोजना गरेको सडक आन्दोलनमा सम्बोधन गर्ने नेतामध्ये एक हुन्– केन्द्रीय सदस्य प्रदीप पौडेल ।
काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा पौडेलले प्रधामनन्त्री केपी शर्मा ओलीलाई ‘यती एन्ड होल्डिङ कम्पनी’को सीईओ समेत भन्न भ्याए ।
यती होल्डिङ कम्पनीप्रति प्रधानमन्त्री ओली बढी नै उदार देखिएको सन्दर्भमा उनले उक्त आरोप लगाएका थिए ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै पौडेलले गणतन्त्रमा पनि सरकारले राजतन्त्रकालीन निरंकुश कानूनहरू ल्याउन खोजेको आरोप लगाएका छन् ।
‘सरकारले धमाधम जनतामा त्रास सिर्जना गर्ने खालका कानून बनाइरहेको छ । आफ्नो विरोध गर्नेहरूको पछाडि सुराकी लगाएर डण्डा बर्साउने कानूको तयारी गरेको छ,’ पौडेल भन्छन्, ‘हिजो प्रधानमन्त्रीले राजतन्त्रलाई के भन्नुभएको थियो, आज के गर्दै हुनुहुन्छ ? जनतालाई तर्साउन सामान्तवादी सोचअनुसार सरकार अगाडि बढेपछि लोकतन्त्रको रक्षाका लागि हामी सडक आन्दोलनमा उत्रियौं ।’
देशको प्रधानमन्त्रीलाई ‘यती एन्ड होल्डिङ कम्पनी’को सीईओ भन्नु पनि अभिव्यक्ति स्वतन्त्रता हो ? सूचना प्रविधि विधेयकको विरोध किन ? कांग्रेसभित्रको भद्रगोल कहिले मिल्छ ? यी लगायतका प्रश्नमा नेपाली कांग्रेसका प्रखर युवा नेता प्रदीप पौडेलको जवाफ हेर्नुहोस्, भिडियोमा :