०५ साउन २०८३, मंगलबार

मुलुकको विकास सहायतासँग बन्दूक जोडिएर आउँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

मुलुकको विकास सहायतासँग बन्दूक जोडिएर आउँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल  कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन्।

गुल्मीमा दोस्रो रुरु महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले  कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको बताए।

मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताए। 

salt training

कमेन्ट गर्नुहोस्