१० साउन २०८३, आइतबार

नेकपा प्रवक्ता भन्छन्, 'उपसभामुखले राजीनामा दिनुपर्छ'

नेकपा प्रवक्ता भन्छन्, 'उपसभामुखले राजीनामा दिनुपर्छ'

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुख  शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बताएका छन्।

बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

श्रेष्ठले भने, ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो । त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने अवस्था छ ।’ 

संविधानको मर्मअनुसार उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको हुन नसक्ने भएकाले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेको उनले बताए। ‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ,’ उनले भने।

 

salt training

कमेन्ट गर्नुहोस्