२६ जेठ २०८३, मंगलबार

सामुदायिक वनमा चिडियाखाना बनाइने मुख्यमन्त्री गुरुङको घोषणा

सामुदायिक वनमा चिडियाखाना बनाइने मुख्यमन्त्री गुरुङको घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक वनमा चिडियाखाना निर्माण गरिने बताएका छन्।

युनाइटेड क्लब पोखराको आयोजनामा मंगलबारदेखि शुरु १० औँ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै उनले चिडियाखाना बनाएर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रदेश सरकारको सपना रहेको बताएका हुन्।

पोखरा महानगरपालिका ३०, ३१ र ३२ स्थित वेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा चिडियाखाना निर्माण गर्ने सपना देखेको क्लबसँग प्रदेश सरकारको समेत सपना जोडिएको उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्