२५ जेठ २०८३, सोमबार

नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ युवायुवती पक्राउ

नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ युवायुवती पक्राउ

प्रहरीले काठमाडाैँकाे नयाँबसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न रहेकाे अभियाेगमा ७३ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोङ्गबु नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने गरेकाे भन्दै ७३ व्यक्तिलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकालाई नियन्त्रणमा लिइएकाे हाे। पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी रहेका छन् । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। 

यसअघि शनिबार मात्रै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबु नयाँ बसपार्क क्षेत्रको विकृति तथा विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने बताएका थिए।

salt training

कमेन्ट गर्नुहोस्