२४ जेठ २०८३, आइतबार

नेपाल बुझेका नरेन्द्र मोदीका ‘विश्वासपात्र’ विनयमोहन भारतीय राजदूत बनेर आउँदै

माघ १, २०७६
नेपाल बुझेका नरेन्द्र मोदीका ‘विश्वासपात्र’ विनयमोहन भारतीय राजदूत बनेर आउँदै

भारतले नेपालको राजदूतमा विनयमोहन क्वात्रालाई प्रस्ताव गरेको छ ।

भारतको मन्त्रिपरिषद्ले सोमवार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेर प्रस्ताव गरेको हो ।

सन् १९८८ ब्याचका विदेश सेवाका अधिकृत क्वात्रालाई अघिल्लो महिना भारतीय राजदूत मञ्जिभसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केपछि नयाँ राजदूतमा पठाउन लागिएको हो । राजदूत पुरी गएको लामो समयपछि भारतले क्वात्रालाई राजदूत बनाएर पठाउन लागेको हो ।

यसअघि सन् १९६४ मा राजदूत रहेका हरिश्वायर दयाल राम्चेको यात्रामा निस्कँदा हाई अल्टिट्युडका कारण निधन भएपछि तीन महिना नेपालमा राजदूत रिक्त रह्यो । तीन महिनापछि श्रीमननारायण नेपालको राजदूत भएर आए । 
उनी नेहरूका विश्वासपात्र रहेको विदेश मामिलाका जानकारहरू बताउँछन् । नेपालको राजनीतिक मामिलाको विषयमा जानकारी राखेर उनी सिधै भारतीय प्रधानमन्त्री नेहरूलाई सम्पर्क राख्ने कूटनीतिज्ञ थिए ।

हाल नेपालका लागि राजदूत भएर आउन लागेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र हुन् । नेपालको राजनीतिक अवस्थालाई कूटनीतिक रूपमा बुझ्ने व्यक्तिका रूपमा पनि उनी चिनिन्छन् । 

नेपालमा लामो समय बसेर यहाँको परिस्थिति बुझेकाले नै विनोदमोहनलाई भारत सरकारले राजदूतमा सिफारिस गरेको विदेश मामिलाका जानकार बताउँछन् ।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसकेका छन् । उनले फेबु्रअरीदेखि नेपालको कार्यकाल सम्हाल्नेछन् । सन् २००६ देखि २०१० सम्म क्वात्राले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त ब्युरो प्रमुख भएर नेपालमा काम गरे ।

३० वर्षअघि भारतीय विदेश सेवामा प्रवेश गरेका उनले सन् १९९३ सम्म जेनेभास्थित परमानेन्ट मिसन अफ इन्डियामा अधिकृत भएर काम गरिसकेका छन् ।

उनले फ्रान्सेली भाषा सिक्नेबाहेक संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगअन्तर्गत विशेष एजेन्सीसँग सम्बन्धित काम पनि गरेका छन् । यही अवधिमा जेनेभाको स्कुल अफ इन्टरनेसनल स्टडिजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा कोर्स पूरा गरेका छन् ।

१९९३ देखि २००३ सम्म राष्ट्रसंघको हेडक्वार्टरमा डेस्क अफिसर भएर काम गरेका थिए भने दक्षिण अफ्रिका र उज्वेकिस्तानमा डिप्लोम्याटिक मिसनमा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म काउन्सिलर र चीनको बेइजिङमा भारतीय मिसनको डेप्युटी चिफ भएर काम गरिसकेका छन् ।

सन् २०१० को मेदेखि जुलाई २०१३ सम्म वासिङ्टनस्थित भारतीय दूतावासमा वाणिज्यमन्त्री भएर काम गरे । जुलाई २०१३ देखि अक्टुबर २०१५ सम्म क्वात्राले अमेरिका तथा क्यानडाका लागि विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व गरे र पछि विदेश मन्त्रालय अमेरिकामा डिभिजन प्रमुखका रूपमा काम गरे ।

अक्टुबर २०१५ देखि अगस्ट २०१७ सम्म क्वात्राले ज्वाइन्ट सेक्रेटरीका रूपमा प्रधानमन्त्री कार्यालयमा काम गरे । उनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर तथा अर्थशास्त्रमा एमफिल गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्