२३ असार २०८३, मंगलबार

मुख्यमन्त्री भट्टले गरे जिल्ला अस्पतालको निरीक्षण, सुविधासम्पन्न बनाइने आश्वासन

मुख्यमन्त्री भट्टले गरे जिल्ला अस्पतालको निरीक्षण, सुविधासम्पन्न बनाइने आश्वासन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधासम्पन्न अस्पताल बनाइने बताएका छन् ।

जिल्ला अस्पताल डोटीको बुधवार निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको बताए ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए ।

पछिल्लो समयमा स्वास्थ्य संस्थामा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेका छ । 

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका ९ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्