
फिलिपिन्सको ताल ज्वालामुखी विस्फोट भएपछि घरहरू भत्किएका छन् अनि रुखहरूमा खरानीको बाक्लो पत्र जमेको छ । त्यसले गर्दा वरपरको क्षेत्र नै बैरागलाग्दो भएको छ ।
उक्त क्षेत्रबाट भाग्न नसकेका गाई र घोडाका शरीर आधा पुरिएका छन् र तिनीहरू खरानीका कारण मैलो भएको पानीमा अनि नजिकैको तालमा तैरिरहेका छन् ।
सरकारले मानिसहरूलाई उक्त क्षेत्रबाट अन्तै जान भने पनि त्यसलाई बेवास्ता गर्दै केही मानिस आफ्ना जनावर बचाउन गएका छन् ।
फिलिपिन इन्स्टिच्युट अफ भोल्केनोलोजी यान्ड सीस्मोलोजीले बुधवार बिहान ज्वालामुखी अझै पनि खतराकै स्थितिमा रहेको अर्थात् केही घन्टा वा दिनमा भयंकर विस्फोट हुने चेतावनी दिएको छ ।
उक्त ज्वालामुखी राजधानी मनिलाबाट ६० किलोमिटर दक्षिणतिर लुजोन टापसमा छ । आइतवारदेखि ज्वालामुखी विस्फोट हुन थालेको हो । त्यसले आकाशमा १४ किलोमिटर माथिसम्म खरानी उफारेको थियो ।

त्यसको तीन दिनपछि ताल ज्वालामुखी वरिपरि ज्वालामुखीय गतिविधि जारी छ । लाभा निस्केर गाढा खैरो धूँवा निकालेको छ । ज्वालामुखी आएपछि कैयौं ठाउँमा चिरा परेको छ र आइतवारदेखि ४६६ भूकम्प आइसकेका छन् ।
ज्वालामुखी विशेषज्ञहरूले थप विस्फोट सम्भव रहेको चेतावनी दिएका छन् ।
सीएनएनबाट