बलिउड अभिनेत्री सारा अली खान अहिले इम्तियाज अलीको फिल्म आज कलको डबिङ गराइरहेकी छन् ।
उनको अधिकांश समय माइक्रोफोन पछाडि बित्ने गरेको भए पनि फेशन देखाउन पनि उनी पछि परेकी छैनन् ।
मुम्बई शहरमा हल्का गर्मी शुरू भएपछि सारा क्रपटप र हट शर्ट्स लगाएर बाहिर निस्किन् । यस वस्त्रमा उनको सुडौल कम्मर देखिएको थियो ।
फिल्मको शूटिङ नभएका बेलामा उनी जिममा पसिना बगाइरहेकी भेटिन्छिन् ।
आज कल फागुन २ गते सार्वजनिक हुँदैन । त्यसपछि वरुण धवनसँग उनले खेलेको फिल्म कूली नम्बर १ मे महिनामा रिलिज हुँदैछ ।
एजेन्सी