०८ असार २०८३, सोमबार

बाथरूममा चिप्लिए यी बालक, ढाडभित्र पस्यो ब्रश

बाथरूममा चिप्लिए यी बालक, ढाडभित्र पस्यो ब्रश

चीनमा १२ वर्षीय एक बालक बाथरूममा चिप्लिँदा उनको ढाडमा ट्वाइलेटको ब्रश पसेको छ । 

घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो । राति आपतकालीन सर्जरी गरेर उनको ढाडबाट १० सेन्टीमिटरभन्दा बढी प्लास्टिक निकालिएपछि उनी बाँचेका छन् ।

चीनको पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा घटना भएको हो । 

बालक शावरमा नुहाउँदै गर्दा चिप्लेको र तल राखिएको ब्रशमा ठोकिन पुगेको उनका मातापिताले चिकित्सकहरूलाई बताए ।

मातापिताले छोरालाई पुस ६ गते मध्यरातपछि नानतोङमा मेटर्निटी यान्ड चाइल्ड हेल्थ हस्पिटल पुर्‍याएका थिए । 

दुर्घटनापछि उनको रेक्टम च्यातिएर दिसा पेटको प्वालमा पसेको थियो र कडा संक्रमण भएको थियो । 

दशजना चिकित्सकहरूले तत्कालै आपतकालीन कीहोल शल्यक्रिया गरेका थिए । 

परम्परागत शल्यक्रियाभन्दा फरक कीहोल शल्यक्रियामा साना प्वाल पारिन्छ । त्यसका लागि शरीरभित्र पसाइएका क्यामराहरूले तस्वीर पठाएर दिशानिर्देश गर्छन् । यसो गर्दा धेरै काट्नु नपर्ने भएकाले घाउहरू पनि छिटो निको हुन्छन् ।

चिकित्सकहरूले प्वाल पारेर बालकको शरीरभित्र स्वास्थ्य उपकरण पसाएका थिए अनि पेटको प्वाललाई सफा गरेका थिए । 

‘रेक्टमको एक भाग लगभग सबै काटिएको थियो,’ चिकित्सक झाङले भने । 

बालकलाई निको हुँदाको अवधिमा दिसा गर्नका लागि शल्यचिकित्सकहरूले कोलोस्टोमी गरेका छन् । त्यो भनेको पेटमा प्वाल पारेर कोलोन (ठूलो आन्द्राको मुख्य भाग) को एउटा टुप्पो त्यतातिर पुर्‍याउने प्रक्रिया हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्