२५ जेठ २०८३, सोमबार

अमेरिकालाई तर्साउन चीनले ल्यायो क्षेप्यास्त्र विनाशक (भिडियो)

अमेरिकालाई तर्साउन चीनले ल्यायो क्षेप्यास्त्र विनाशक (भिडियो)

अमेरिकाले आफ्नो केन्द्रीय स्वार्थमा हानि नपुर्‍याओस् भनेर चीनले सबभन्दा ठूलो र शक्तिशाली विनाशक (डिस्ट्रोयर) बनाएको एक विज्ञले बताएका छन् ।

नानचाङ नामक उक्त विनाशक देशकै पहिलो टाइप ०५५ गाइडेड मिसाइल डिस्ट्रोयर हो र अमेरिकीहरूलाई पर राख्नका लागि यो ल्याइएको उनको भनाइ छ । 

भूभागको स्वामित्व तथा सार्वभौमसत्ताका विषयमा बेइजिङका केन्द्रीय स्वार्थहरूलाई हानि गर्ने कुनै पनि प्रयास गरिएमा सैन्य कारवाहीमार्फत जवाफ दिइने सन्देश बेइजिङले दिन खोजेको छ । ताइवान, हङकङ र दक्षिण चीन सागरमा चीनले सार्वभौमसत्ताका विषयमा चुनौती बेहोरिरहेको छ ।

नानचाङ चीनमै बनेको १० हजार टन तौल भएको हतियार हो र आइतवार जनमुक्ति सेनालाई यो हस्तान्तरण गरिएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

हस्तान्तरण समारोहले बेइजिङ र वाशिङटनबीचको प्रतिस्पर्धालाई प्रतिबिम्बित गरेको सिंगापुरस्थित एस राजारत्नम स्कूल अफ इन्टरनेसनल स्टडीजका सुरक्षाविज्ञ कोलिन कोहले बताए ।

कोहका अनुसार, बेइजिङले यो समारोहमार्फत आफ्ना प्रतिस्पर्धीहरूलाई आफ्नो जलसैन्यशक्ति बढेको देखाउन खोजेको हो । 

नानचाङ सक्रिय बनाइएकै दिन अमेरिकाले ताइवानकी पुनर्निर्वाचित राष्ट्रपति साइ इंग–वेनलाई समर्थन गरेको थियो । साइ चीनले नरुचाएकी नेत्री हुन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्