
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीलाई बीसीसीआईले सेन्ट्रल कन्ट्र्याक्टबाट हटाएको छ ।
पूर्वकप्तान महेन्द्रसिंह धोनीले सन् २०१९ को जुलाईदेखि कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन् ।
पछिल्लो केही महिनादेखि मानिसहरूले धोनीले सन्यास लिन्छन् भन्ने अनुमान गरेका थिए । तर अब कन्ट्र्याक्ट लिस्टबाट बाहिरिएपछि चाँडै नै सन्यास लिन सक्ने भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
उनको स्थानमा के एल राहुलाई ग्रेड 'ए'मा वढुवा गरिएको छ ।