१२ असार २०८३, शुक्रबार

भारतमा मृत्यु भएका वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

भारतमा मृत्यु भएका वडाध्यक्ष खड्काको शव नेपाल ल्याउने तयारी

भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव नेपाल ल्याउने तयारी गरिएको छ ।

खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच पुगेको छ । भारतीय प्रहरीको सहयोगमा खड्काको शव नेपाल ल्याउने तयारी भइरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भीम रावतले जानकारी दिए ।

उहाँका अनुसार, बुधबार नै खड्काको शव नेपाल ल्याउने बताइए पनि शव परीक्षणका लागि समय लागेकाले आज शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

वडाध्यक्ष खड्काको शव बुधबार बिहान बहराइचस्थित एक होटलमा फेला परेको थियो । खड्काको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिड्नुभएका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका हुन् ।

घटनाबारे नेपाल प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्