०५ साउन २०८३, मंगलबार

पत्रकार ढकालको हत्यामा संलग्नलाई ३९ वर्ष कैद

पत्रकार ढकालको हत्यामा संलग्नलाई ३९ वर्ष कैद
मनाेहर ढकाल।

जिल्ला अदालत मकवानपुरले पत्रकार मनोहर ढकालको हत्यामा संलग्न अभियोग लागेका दुई जनालाई दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय फैसला सुनाएको छ।

 पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको हो। उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको आजको इजलासले दोषी ठहर गरेको हो । 

२०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक गम्भीर घाइते अवस्थामा फेला परेका पत्रकार ढकालको उपचारका लागि हेटौँडा अस्पताल पु¥याएको केही बेरमा अस्पतालले मृत घोषित गरेको थियो । शुरुमा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्युभएको भनिएको भए पनि घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था आदिका कारण प्रहरीले घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो । 

घटनाको सात दिनपछि प्रहरीले हत्यामा संलग्न भन्दै दुई जना र घटनापछि हराएको मृतक ढकालको औँठी र मोबाइल फोन खरिद गर्ने दुई जना गरी चार जनालाई  पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

पत्रकार सम्मेलनमा हत्यामा संलग्न भनिएका दुवै जनाले पत्रकार ढकालले आफूहरुलाई लागुऔषध नखान भनेकाले रिस उठेको र हातको औँठी देख्दा लोभ लागेर मोटरसाइकलबाट धकेलेर ढुङ्गामा लडाएको र ढुङ्गाले हानेर औँठी, मोबाइल फोन र झोला लिएर भागेको बताएका थिए ।

अदालतले उनीहरुलाई हत्या अभियोगमा जन्मकैद र डकैतीमा १४ वर्ष गरी कूल ३९ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कैसिकले जानकारी दिए।

ढकाल रेडियो अनमोलमा कार्यरत थिए।

salt training

कमेन्ट गर्नुहोस्