१८ असार २०८३, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालनमा
फाइल फोटो

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।

वर्षात्ले पहिरो पन्छाउने काम शुरू गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्