०७ असार २०८३, आइतबार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, यातायात एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, यातायात एकतर्फी सञ्चालन
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

बिहीवारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रवार बिहान पहिरो खसेको हो । 

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । 

वर्षात्ले पहिरो पन्छाउने काम शुरू गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्