
ग्लोबल आईएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले मंगलवारदेखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१२ खनार र शुक्रवारदेखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउन्टर शुरू गरेको छ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानीयको विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउन्टर शुरू गरेको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले २६६ शाखा, २५५ एटीएम, ३६ एक्सटेन्सन काउन्टर राजस्व संकलन काउन्टर र २४९ शाखारहित बैंकिङ सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।