२३ असार २०८३, मंगलबार

पशुपति क्षेत्रका अव्यवस्थित पसल तथा टहरा हटाइने

पशुपति क्षेत्रका अव्यवस्थित पसल तथा टहरा हटाइने
फाइल फोटो

पशुपति क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका पसल तथा टहरा हटाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मूल सडक, सडकपेटी, खुला चौर, कैलाशडाँडा, गोरखनाथ क्षेत्र र भकुण्डोलमा क्षेत्रमा अव्यवस्थित तबरले राखिएका पसल तथा टहरा हटाउने भएको हो ।

कोषले सार्वजनिक सूचना नै प्रकाशित गरी अनुमति नलिई आवागमनमा समेत प्रभाव पार्ने गरी सञ्चालित पसल तथा टहरा ७ दिनभित्र हटाउन आग्रह गरेको हो ।

कोषले माघ १ गते सूचना जारी गरेको हो ।

तोकिएको म्यादभित्र नहटाइएका पसल तथा संरचना त्यसपछि कोष आफैंले हटाउने सूचनामा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्