१५ असार २०८३, सोमबार

मीटू अभियानमा सोनाको कथित आरोप, यौन शोषणको प्रमाण जुटाउन सकिनन्

माघ ५, २०७६
मीटू अभियानमा सोनाको कथित आरोप, यौन शोषणको प्रमाण जुटाउन सकिनन्

सन् २०१८ मा शुरूभएको ‘मीटू अभियान’को सिलसिलामा बलिउडका केही ठूला हस्तीहरू पनि तानिए। यसमा चर्चित संगीतकार अनु मलिक पनि मुछिए।

तर अनु मलिकमाथि लागेको आरोपबारे प्रमाण नजुटेपछि उक्त मुद्दा बन्द भएको छ। अनुमाथि बलिउड दुनियाँसँग जोडिएका सोना मोहापात्रा, श्वेता पण्डित, नेहा भसिन, केरालिसा मोन्टेरियो तथा डेनिका डिसुजाले यौन शोषणको आरोप लगाएका थिए।

उनीहरूले लगाएको आरोपपछि राष्ट्रिय महिला आयोगले छानबिन गरेको थियो। तर अनुविरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको छ। आयोगकी बर्नाली सोमले सोटी पिक्चर्स नेटवक्र्स इन्डिया प्रालिकी माधुरी मल्होत्रालाई एक पत्र लेख्दै एनसीडब्ल्यूले अनुविरुद्धको केस बन्द गरेको जानकारी गराएको हो।

आयोगले सोना मोहापात्रासँग आरोपको सम्बन्धमा दस्तावेज मागेको थियो। तर उनले प्रमाण उपलब्ध गराउन सकिनन्। ४५ दिनसम्म पर्खिंदा पनि पीडित आयोगमा आउन इन्कार गरेको तथा प्रमाणसमेत उपलब्ध नगराएकाले केस बन्द गरिएको राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले जानकारी दिएकी छन्। अनुविरुद्ध ज–जसले आरोप लगाएका थिए, तिनीहरू अहिले आयोगको सम्पर्कमा नआएको आयोग प्रमुख शर्माले बताइन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्