२५ जेठ २०८३, सोमबार

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । 

अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो । 

आइतवार तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्