
इराकी बलको स्वाट टोलीले मोसुल शहरमा केही दिनअघि आतंकवादी संगठन आईएसका सदस्य जब्बा जिहादीलाई पक्राउ गरेको छ ।
जब्बा जिहादी अति नै मोटा भएकाले उनलाई प्रहरीको कारभित्र राख्न नसकिएपछि उनका लागि पिकप ट्रक मगाइएको थियो । उनको तौल लगभग २५० किलो छ ।
इराकी बलहरूले जारी गरेको आधिकारिक बयानमा अबु अब्दुल बारीलाई पक्रेको बताइएको छ । जब्बाको वास्तविक नाम अबु अब्दुल बारी हो । उनले सुरक्षाबलहरूका विरुद्ध भड्काउ बयान दिने गरेका थिए र आईएस ग्याङका महत्त्वपूर्ण नेता थिए ।
बयानमा थप उल्लेख गरिएअनुसार बारीले आईएसप्रति बफादारी देखाउन अस्वीकार गर्ने धर्मगुरुहरूका विरुद्ध फतवा जारी गर्ने गरेका थिए ।
बरीलाई बेलयातका मेसर गिफ्फोर्डले जब्बा द जिहादी नाम दिएका थिए । गिफ्फोर्डले कुर्दिश लडाकूहरूसँग मिलेर आईएसविरुद्ध लडेका थिए ।
एजेन्सी