२२ जेठ २०८३, शुक्रबार

नागरिकता संशोधन विधेयकको विरोधमा भाग लिने जर्मन विद्यार्थीलाई भारतले देशनिकाला गर्‍यो

नागरिकता संशोधन विधेयकको विरोधमा भाग लिने जर्मन विद्यार्थीलाई भारतले देशनिकाला गर्‍यो

नागरिकता विधेयकविरुद्धको विरोध प्रदर्शनमा भाग लिएर भाइरल बनेका एक जर्मन विद्यार्थीलाई भारतका आप्रवासन अधिकारीहरूले निकालेको र अब कहिल्यै फर्केर नआउनू भनेको दाबी गरेका छन् । 

ड्रेस्डेनमा बस्ने जेकब लिन्डेनथालले आफूलाई जर्मनीमा रहेको भारतीय दूतावासले विद्यार्थी भिसामा भारत नजान भनेको द सन्डे एक्सप्रेसले लेखेको छ । 

लिन्डेनथालले आफ्नो भिसा जुन २७ मा मात्र सकिने र आफू भारतमा फर्केर पढाइ जारी राख्न चाहेको बताए । गत डिसेम्बर महिनामा नागरिकता संशोधन विधेयकमाथि भएको व्यापक विरोध प्रदर्शनमा चेन्नईमा भाग लिएका

लिन्डेनथालले विभिन्न सन्देश सहितका प्लेकार्ड बोकेको देखिएको थियो ः ‘विमतिको स्वर विना लोकतन्त्र रहँदैन’ र ‘१९३३–१९४५ : हामीले भोगिसकेका छौं’ ।

विरोध प्रदर्शनमा भाग लिँदा लिन्डेनथाल भारत बसेको पाँच महिना बितिसकेको थियो । उनी टेक्निकल युनिभर्सिटी ड्रेसडेनसँगको एक्सचेन्ज कार्यक्रममा आईआईटी–मद्रासमा अध्ययनरत थिए । 

नागरिकता कानूनले अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा रहेका ६ अल्पसंख्यक धार्मिक समुदायका मानिसलाई भारतीय नागरिकता लिन सहज बनाएको छ । आलोचकहरूले यो कानून मुसलमानहरूका विरुद्ध रहेको बताएका छन् ।

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्