
क्युबाको समुद्री किनारबाट केही पर एक बहादुर गोताखोरले विशाल गोहीहरूसँग पौडी खेलेको अविश्वसनीय भिडियो सार्वजनिक भएको छ ।
रोबर्टो ओचा नामक ती गोताखोरले सामुद्रिक जीवजन्तुका विषयमा बनाइरहेको डकुमेन्ट्री गार्डन्स अफ द क्वीनको छायांकनका क्रममा गोही नजिक पौडी खेलेका हुन् ।
भिडियोमा एक गोही ओचातर्फ आएको अनि बिस्तारै कोल्टो परेर अर्को दिशातिर गएको देखिन्छ ।
इक्वेडरका नागरिक ओचाले भने, ‘भिडियोमा अमेरिकी गोहीहरू गोताखोरसँग अन्तर्क्रिया गरेको देखिन्छ । गोहीहरूका विषयमा मानिसको धारणा म बदल्न चाहन्छु र उनीहरूसँग अन्तर्क्रिया गर्न सकिन्छ भन्ने स्थापित गर्न चाहन्छु ।’
तर मरिन बायोलोजिस्टहरूले गोहीहरूबाट सुरक्षित दूरीमा बस्न सिफारिश गर्ने गरेका छन् किनकि प्रत्येक वर्ष लगभग एक हजार मानिस गोहीको शिकार बन्ने गरेका छन् ।
एजेन्सी