
संघीय संसदको पाँचौं अधिवेशन शुरू भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक सोमवार भएको छ ।
सभामुख बनाउने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सहमति जुटाई प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गरेकी थिइन् ।
दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् । बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ । राजधानी दैनिकमा खबर छ ।