त्रिभुवन विमानस्थलमा बुद्ध र यतीका दुई जहाज ठोक्किएका छन् ।
सोमवार बिहान जनकपुर जाने तयारीमा रहेको बुद्ध एयरको जहाज यतीसँग ठोक्किएको हो ।
विमानस्थलमा कार्यरत नेपाल प्रहरीका एसएसपी रामकृपाल शाहले दुई जहाज सामान्य रूपमा छोइएको मात्र रहेको बताए ।
'सामान्य हो, एक आपसमा छोइएका हुन्,' शाहले लोकान्तरसँग भने, 'जनकपुर जाने बुद्ध एयर उडिसक्यो ।'
उनले दुवै जहाजमा कुनै पनि क्षति नभएको बताए ।