
पार्टीभित्रको विवाद समाधानको लागि नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुले आन्तरिक छलफल तीब्र बनाएका छन् ।
यसक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र कृष्ण सिटौलाबीच सोमवार पार्टी केन्द्रीय कार्यालयमा छलफल भएको छ ।
‘पार्टी भित्रका आन्तरिक समस्या समाधानका लागि आज नेताहरूबीच पार्टी कार्लायलमा भएको छलफल सकारात्मक रहेको र छिट्टै सहमति निर्माण गर्ने गरी छलफल अगाडि बढेको छ,’ नेता सिंहका सहयोगी युपी लामिछानेले भने ।
सभापति शेरबहादुर देउवा पक्षले बहुमतका आधारमा निर्णय गरेपछि कांग्रेस विवाद छताछुल्ल भएको थियो । बहुमतको आधारमा निर्णय लादिएको भन्दै रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।