०६ साउन २०८३, बुधबार

अमेरिकाको टेक्ससमा गोलीकाण्ड, २ जनाको मृत्यु (भिडियो)

अमेरिकाको टेक्ससमा गोलीकाण्ड, २ जनाको मृत्यु (भिडियो)

अमेरिकाको टेक्सस राज्यस्थित सान एन्टोनियो क्लबमा आइतवार साँझ भएको एक सांगीतिक समारोहमा गोलीकाण्ड मच्चिँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

प्रहरीका अनुसार, सान एन्टोनियाको म्युजियम रीचमा रहेको भेन्चुरामा राति ८ बजेपछि अधिकारीहरूलाई बोलाइएको थियो ।  

सान एन्टोनियो प्रहरी प्रमुख विलियम मकमानुसले क्लबभित्र झगडा हुँदा एक व्यक्तिले बन्दूक निकालेर गोली हानेको बताए । 

२१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको मकमानुसको भनाइ छ । 

घाइते भएका अन्य ६ जनलाई स्थानीय अस्पताल लगिएको थियो र तीमध्ये एकजना अस्पताल पुगेको केही छिनमै बितेका थिए । पाँचजना पीडितको स्थिति खुलेको छैन । 

कुनै पनि पीडितको पहिचान खुलेको छैन । पीडितहरूलाई तारो बनाएर नै आक्रमण गरिएको हो कि हैन भन्ने कुरामा अधिकारीहरू निश्चित छैनन् । 

क्लबका कुनै पनि कर्मचारी मारिएको वा घाइते नभएको मकमानुसले बताए । 

गोली चल्दा पीडितहरू लिभिङ द ड्रीम नामक सांगीतिक समारोहमा सहभागी थिए । 

सामाजिक सञ्जालमा लोकप्रिय र्‍यापरहरू उक्त समारोहमा गीत गाइरहेका थिए । 

गोली चलाउनेलाई पहिचान गरिने र पक्राउ पनि गरिनेमा आफू विश्वस्त भएको मकमानुसले बताए । 

एजेन्सी

कमेन्ट गर्नुहोस्