
पूर्वी लन्डनमा आइतवार बेलुका ७ः३० तिर तीनजना मानिसलाई चक्कु हानेर हत्या गरिएपछि प्रहरीले हत्याराको खोजी गरिरहेको छ ।
अधिकारीहरूले तीनजनाको शरीरमा चक्कु आक्रमणपछिको घाउ देखे ।
इल्फोर्डको सेभेन किंग्स क्षेत्रमा रहेका प्रत्यक्षदर्शीहरूले चारैतिर रगत छरिएको बताए । २० देखि ३० वर्षका पीडितको घटनास्थलमै मृत्यु भएको छ ।
अधिकारीहरूले मृतकहरूको पहिचान खुलाउन कोशिश गरिरहेका छन् र तीन हत्याको अनुसन्धान शुरू गरेका छन् । कसैलाई पक्राउ गरिएको छैन ।
घटनाका वीभत्स भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
त्यसबाहेक आइतवार नै होउनस्लो स्टेसनमा ३० वर्ष जतिका एक मानिसलाई चक्कु हानेर अनेकौं घाउ बनाइएपछि यातायात अधिकारी र प्यारामेडिकहरूलाई बोलाइएको थियो ।
पीडितलाई अस्पताल लगिएको छ र उनी खतरामुक्त रहेको बताइएको छ ।
सरेमा रहेको याशफोर्डबाट हीथ्रो नजिकको होउनस्लोसम्म चल्ने ट्रेनमा आक्रमण गरिएको विश्वास गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा एक पुरुष र महिलालाई पक्राउ गरिएको छ ।
एजेन्सी