नेपालीको जस्तै अनुहार भएको आशंकामा पासपोर्ट दिन अस्वीकार गरिएका दुई भारतीय दिदीबहिनीले अन्ततः पासपोर्ट पाएका छन् ।
भारतको चण्डीगढ निवासी सन्तोष र हेना नामका दुई दिदीबहिनी गत महिना पासपोर्ट बनाउन क्षेत्रीय पासपोर्ट कार्यालय चण्डीगढ पुगेका थिए ।
तर अधिकारीले उनीहरू दुवै नेपाली जस्ता देखिएकाले पासपोर्ट दिन नसक्ने भन्दै फिर्ता पठाएका थिए ।
अम्बालाका डेपुटी कमिसनरले क्षेत्रीय पासपोर्ट अधिकृत सिबास कविराजलाई पासपोर्ट दिन निर्देशन दिएपछि दिदीबहिनीले पासपोर्ट पाएका थिए ।
उनीहरूलाई बिना पासपोर्ट फिर्ता पठाइएपछि क्षेत्रीय पासपोर्ट अधिकारीको ठूलो आलोचना भएको थियो ।
उनीहरूलाई 'पासपोर्ट आवेदन नेपाली जस्ता देखिन्छन्' भन्दै पासपोर्ट दिन अस्वीकार गरिएको थियो ।