२२ जेठ २०८३, शुक्रबार

कसले चोर्‍यो ९२ वटा मौरी घार ?

कसले चोर्‍यो ९२ वटा मौरी घार ?

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको एक मौरीपालन केन्द्रबाट ९२ वटा मौरी घार चोरी भएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । 

मौरीका घार शुक्रवारदेखि हराइरहेको मौरीपालक माइक पोट्सले बताए । यो आफ्नो कुल घारमध्ये एकतिहाइ जति भएको र यसबाट ४४ हजार डलर राजस्व घाटा लाग्ने अनुमान गरे । 

‘चोर्नेले मौरीहरूलाई जीवित राख्ने हुन् कि हैनन् भन्ने सोचेर चिन्तित छु,’ पोट्सले भने ।

ओरेगनमा घर भएका पोट्सले मौरी हराएको कुनै मौरीपालकले यी घारहरू चोरेको हुनसक्ने र पहिले पनि उसले घार चोरेको हुन सक्ने आशंका गरे । घारको भार र तिनलाई राख्नका लागि उपयोग गरिने बाकसका कारण चोरले ट्रक नै ल्याएर घार चोरेको हुन सक्ने उनले अनुमान गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्