१० असार २०८३, बुधबार

डाभोसमा मोदीविरुद्ध विषवमन गरे इमरान खानले, लगाए हिटलर पथमा हिँडेको आरोप

डाभोसमा मोदीविरुद्ध विषवमन गरे इमरान खानले, लगाए हिटलर पथमा हिँडेको आरोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिविरुद्ध आक्रोश पोख्दै उनले भारतलाई उदारवादी लोकतन्त्रबाट सर्वसत्तावादी तथा जातिवादी मुलुक बनाएको बताएका छन् ।

स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको साइडलाइन्समा बोल्दै खानले पाकिस्तानको आणविक हतियारसम्पन्न छिमेकीले एडोल्फ हिटलरको पाइला पछ्याएको बताए । 

‘भारतमा भइरहेको गतिविधि सन् १९३० देखि १९३४ सम्म नाजी जर्मनीमा भएको घटनासँग दुरुस्तै मिल्छ । त्यतिखेर जर्मनी उदारवादी लोकतन्त्रबाट फासीवादी, सर्वसत्तावादी, जातिवादी राज्य बनेको थियो,’ खानले फोरेन पोलिसीलाई बताए ।

भारतलाई महात्मा गान्धी र देशको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले बहुसांस्कृतिक तथा धर्मनिरपेक्ष समाजका रूपमा परिकल्पना गरेको तर मोदीले मुसलमानविरोधी समाज बनाएको उनले बताए । 

यसअघि पनि खानले भारत र नाजी जर्मनीको तुलना गरेर बयान दिएका थिए । गत डिसेम्बर महिनामा पाकिस्तानी–अमेरिकी चिकित्सकहरूको एक सम्मेलनमा सम्बोधन गर्दा पनि उनले यो कुरा उठाएका थिए अनि अगस्ट महिनामा एक ट्वीट गरेर उनले यो कुरा बताएका थिए । 

गैरमुसलमान शरणार्थीहरूलाई भारतको नागरिकता शीघ्र दिलाउने गरी ल्याइएको नागरिकता कानूनका साथै कश्मीरको स्वायत्ततालाई खारेज गरिएकोमा इमरान खानले मोदीको चर्को आलोचना गर्दै आएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्