
अस्ट्रेलियामा लागेको डढेलो निभाउनका लागि गएको जलवाहक विमान बिहीवार दुर्घटनाग्रस्त भएपछि तीनजना अमेरिकी अग्निनियन्त्रकहरूको मृत्यु भएको छ ।
सी–१३० हर्क्युलिज विमान न्यु साउथ वेल्सको पीक भ्यु नजिक विस्फोट भएको थियो । स्थानीय समयअनुसार दिउँसो डेढ बजे विमान सम्पर्कविहीन भएको थियो ।
उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेको भए पनि कोही पनि जीवित भेटिएनन् ।
वाटरबम्बर विमानले दुई हजार ५० हजार हेक्टर क्षेत्रमा फैलिएको भयानक डढेलो निभाउनका लागि योगदान गरिरहेको थियो ।
के कारणले विमान दुर्घटना भएको भन्ने कुराको कुनै संकेत नपाइएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस कमिस्नर शेन फिट्जसिम्मन्सले जनायो ।
एजेन्सी