०५ साउन २०८३, मंगलबार

नारायणकाजी श्रेष्ठले जिते चुनाव, नेकपाकै भगवती न्यौपाने पनि विजयी

नारायणकाजी श्रेष्ठले जिते चुनाव, नेकपाकै भगवती न्यौपाने पनि विजयी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् ।

गण्डकी प्रदेशबाट अन्यतर्फ उम्मेदवारी दिएका श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाए ।

यस्तै महिलातर्फ पनि नेकपाकै उम्मेदवार भगवती न्यौपाने विजयी भइन् ।

न्यौपानेले ३ हजार ३ सय ६६ मत प्राप्त गर्दा कांग्रेसकी बिमला गौचनले २ हजार ३ सय ४० मत पाइन् ।

गण्डकी प्रदेशबाट रिक्त २ सदस्यका लागि पोखरामा बिहीवार निर्वाचन भएको थियो ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ सीटमध्ये १८ सीटमा सदस्य चयनका लागि देशभर निर्वाचन भएको हो । 

बाँकी १ सदस्य भने राष्ट्रपतिले मनोनित गर्नेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्