०८ साउन २०८३, शुक्रबार

पाठ्यक्रममा सूचना प्रविधि समावेश गर्नुपर्छ : पूर्वराष्ट्रपति डा यादव

पाठ्यक्रममा सूचना प्रविधि समावेश गर्नुपर्छ : पूर्वराष्ट्रपति डा यादव

निर्वतमान राष्ट्रपति डा रामवरण यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुने बताएका छन्। 

सूचना प्रविधिमा विकास गरेका मुलुकनै समृद्ध भएकाले विद्यलायस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिनुपर्ने उनले बताए।

वीरगञ्जमा बिहीबारदेखि शुरु भएको क्यान इन्फोटेक मेला २०७६ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले शिक्षा, स्वास्थ्य, व्यापारदेखि रोजगारका क्षेत्रमा सूचना तथा विज्ञानलाई समावेश हुनेगरी नीति निर्माण हुनुपर्ने आवश्यकता औंल्याए।

उनले सूचना तथा विज्ञानको सवल तथा दुर्वल पक्षको समेत जानकारी दिँदै नेपाली समाजलाई प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको विचार व्यक्त गरे।

salt training

कमेन्ट गर्नुहोस्