
४६ वर्षीया ऐश्वर्या रायले धेरै फिल्म खेले पनि उनका दर्शक र फ्यान घटेका छैनन् । उमेर बढे पनि ऐश्वर्याको सौन्दर्यको जादु कम भएको छैन ।
उनी ठूलो पर्दामा पछिल्लोपटक सन् २०१८ मा ‘फन्नेखाँ’मा देखिएकी थिइन् । यो फिल्म बक्स अफिसमा भने असफल भयो ।
यसको बाबजुद पनि ऐश्वर्याको डिमान्ड कम कम भएको छैन । धेरै फिल्म मेकर उनलाई लिएर फिल्म बनाउन चाहन्छन् ।
हालै सार्वजनिक एउटा खबरले ऐश्वर्याका फ्यान खुशी भएका छन् ।
ऐश्वर्याले फिल्म निर्देशक प्रदीप सरकारको नयाँ फिल्ममा अभिनय गर्न स्वीकृति दिएकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।