२५ जेठ २०८३, सोमबार

दिपक मनाङ्गेको झापड खाने मिलन गुरुङ पनि पक्राउ

दिपक मनाङ्गेको झापड खाने मिलन गुरुङ पनि पक्राउ
फाइल फोटो

गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङबाट झापड खाएका एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष गुरुङको उजुरीका आधारमा सांसद मनाङ्गे पक्राउ परेको भोलिपल्ट शुक्रवार प्रहरीले पोखराको न्युरोडबाट उनलाई समेत पक्राउ गरेको हो ।

बैंकिङ कसूर सम्बन्धित अभियोगमा प्रहरीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । गत वर्ष आयोजना गरिएको मनकामना कप फूटबल प्रतियोगिता सम्बन्धी कारोबारमा खातामा पैसा नभएको चेक दिएको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको छ ।

गुरुङको उजुरीका आधारमा पक्राउ परेका मनाङ्गेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने गुरुङ समेत प्रहरी हिरासतमा पुगेका छन् । गत मंगलवार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला सांसद मनाङ्गेले झापड हानेको घटना चर्चामा छ । मनाङ्गेविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्