
रामानन्द सागरले बनाएको चर्चित धारावाहिक रामायणका सबै कलाकार अभिनयमा दक्ष थिए । उनीहरूले अभिनयबाट नै दर्शकहरूको दिल जितेका थिए ।
केही मानिस त कलाकारहरूलाई नै राम, लक्ष्मण र सीता भन्न थालेका थिए ।
यहाँ हामी रामको भूमिका निर्वाह गर्ने मानव गोविल र लक्ष्मणको भूमिका निर्वाह गर्ने सुनील लहरीको ताजा तस्वीर देखाउँदैछौं ।
रामायणपछि मानव र सुनीलले अन्य धारावाहिक वा फिल्म खासै खेलेनन् । मानव त तैपनि देखिने गरेका थिए र तर सुनील चाहिँ पूरै हराए ।
आफ्नो दमदार अभिनयमार्फत लक्ष्मणको पात्रलाई अमर बनाउने सुनील पछि खासै देखिएनन् ।
मानव गोविलले एक अन्तर्वार्तामा अहिले पनि कतिपयले आफूलाई राम मान्ने र ढोग्ने बताएका छन् ।