०१ असार २०८३, सोमबार

नेपालमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि, सतर्कता अपनाउन आग्रह

माघ ११, २०७६
नेपालमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि, सतर्कता अपनाउन आग्रह

चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ ।

चीनको युहान प्रान्तबाट केही दिनअघि नेपाल आएका ती विद्यार्थीमा कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी चीनको युहान प्रान्तबाट फर्किएका विद्यार्थीमा कोरोना भाइरस भेटिएको जानकारी दिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले थ्रोडस्वाद (घाँटीबाट लिने पदार्थ)को नमुना हङकङ पठाइएको र उक्त रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै सतर्कता अपनाउनुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्