
सूचना प्रविधिको सही प्रयोगमार्फत उत्पादकत्व बढाउने सरकारको नीति रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन यसको प्रयोग अनिवार्य रहेकाले् सरकारको नीति त्यसैतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।
शुक्रवार कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघका प्रतिनिधिसँगको छलफलमा उनले तीव्र विकास र उच्चस्तरको प्रगतिमा सूचना प्रविधिको प्रयोगमा जोड दिइएको बताए ।
त्यसका लागि सरकारले डिजिटल फ्रेमवर्क तयार गरेको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।