
बैतडीमा भएको ट्रयाक्टर दुर्घटनामा ट्रयाक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेराका २६ वर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा शुक्रवार राति से२त ९०१ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्रयाक्टर सडकबाट करीब २५ मिटर तल खसेको शनिवार बिहान थाहा भएको हुँदा दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।