
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वय र आंशिक अनुदानमा ५० देखि ५५ वाटका ४ हजार ७९५ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा विद्युतीकरण नभएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा १६ हजार पर्ने सोलारमा ११ हजार अनुदान दिइएको गाउँपालिकाले जनाएको छ ।
पहिलो चरणमा झण्डै २ हजार ७४७ सोलार वितरण गरेको गाउँपालिकाले र दोस्रो चरणमा सबै घरधुरीलाई सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताए । ‘हाम्रो गाउँमा विद्युतीकरण भएको छैन,’ उनले भने, ‘अँध्यारोमा बस्दै आएकालाई केही सहन हुनेछ ।’
वैकल्पिक ऊर्जाको १० हजार अनुदान र गाउँपालिकाको १ हजार अनुदानमा स्वयं व्यक्तिको ४ हजार लिएर ५० देखि ५५ वाटका सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताए ।