२२ जेठ २०८३, शुक्रबार

कोरोनाभाइरस फैलिएपछि मास्कको बिक्री बढ्यो, प्रभावकारी हुनेमा विज्ञहरूको शंका

कोरोनाभाइरस फैलिएपछि मास्कको बिक्री बढ्यो, प्रभावकारी हुनेमा विज्ञहरूको शंका

कोरोनाभाइरस फैलिन थालेपछि मास्कहरूको बिक्री ह्वात्तै बढेको छ तर विज्ञहरूले मास्कको प्रभावकारिताका विषयमा प्रश्न उठाएका छन् । 

अमेरिकामा रहेको सेन्टर्स अफ डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार, भाइरसबाट बच्ने सर्वोत्कृष्ट उपाय भनेको बारम्बार हात धुने, अनुहार नछुने र बिरामी भएकाहरूसँग नजिक नपर्ने नै हो ।

अहिले प्रमुख दुईथरी मास्क उपलब्ध छन् । पहिलो, एन९५ रेस्पिरेटर्स हो र त्यो धूवाँ वा भारी प्रदूषणबाट जोगिन उपयोग गरिन्छन् । यिनले ०.३ माइक्रोन व्याससम्मका साना पार्टिकललाई यसले छेक्छ तर कोरोनाभाइरस ०.१२ माइक्रोन चौडा छन् । 

सर्जिकल मास्कहरूले ५ माइक्रोनभन्दा कमका पार्टिकललाई दुर्लभै मात्र फिल्टर गर्छन् । यिनीहरू सर्वत्र पाइने भए पनि कम प्रभावकारी छन् । तर मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार, वुहानका सात वर्षीया एक बालिकाले मास्क लगाएका थिइन् र उनी संक्रमित भइनन् तर मास्क नलगाउने उनका १० वर्षीय दाइमा संक्रमण देखियो । 

आयोवा विश्वविद्यालयका प्राध्यापक स्ट्यानली पर्लम्यानले भने, ‘मास्क लगाउँदा व्यक्तिलाई मुख र नाक सिधै छुन रोक्छ र भाइरस तथा कीटाणु पस्ने भनेको नै मुख र नाकमा हात लगेर हो । तर हामीहरू मास्क पूर्ण प्रभावकारी हुन्छ भन्दैनौं ।’

चीनमा मास्कको अभाव भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘मैले सुनेको, मास्कको अभाव जनताले सोचेभन्दा बढी चरम छ,’ चिनियाँ मास्क निर्माता लानहाइनका जनरल म्यानेजर चाओ जुनले भने ।

‘देशभरिका सबै अस्पतालकर्मीहरूले अभाव झेलिरहेका छन्, वुहानकाले मात्र हैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्