२३ जेठ २०८३, शनिबार

टर्कीमा भूकम्पपछि भत्किएको भवनमा पुरिएकी बालिकाको उद्धार (भिडियो)

टर्कीमा भूकम्पपछि भत्किएको भवनमा पुरिएकी बालिकाको उद्धार (भिडियो)

टर्कीको पूर्वी भागमा शुक्रवार राति गएको भूकम्पमा परी क्षतिग्रस्त भवनहरूबाट मानिसलाई निकाल्ने क्रम जारी छ । 

भूकम्पका कारण ३१ जनाको मृत्यु भएको छ भने १२ सयजना घाइते भएका छन् । 

भूकम्पले भवन भत्काएर त्यसका स्ल्याबहरू खसेपनि तीन वर्षीया बालिका बाँचेकी छन् । खोजी र उद्धार टोलीले ती बालिकालाई भग्नावशेषबाट निकालेको भिडियो फूटेज समेत सार्वजनिक भएको छ । 

६.८ म्याग्निच्युडको भूकम्पका कारण सयौं मानिसको घर भत्किएपछि स्थानीय मस्जिद, विद्यालय, खेलकुद हल र विद्यार्थीका डोर्मिटरीहरूले उनीहरूलाई शरण दिएका छन् । 

भूकम्पको केन्द्रविन्दु राजधानी अंकाराभन्दा ३४० माइल पूर्वमा रहेको एलाजिगमा थियो ।

राष्ट्रपति रेचेप तैयिप अर्दोआन उद्धारकार्यको निरीक्षण गर्न इस्तानबुल पुगेका थिए । 

भूकम्पले सर्वाधिक क्षति पुर्‍याएका क्षेत्रहरूमा भ्रमण गर्दै अर्दोआन भूकम्पमा मारिएका एक आमा र छोराको अन्तिम संस्कारमा समेत सहभागी भए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्