०१ असार २०८३, सोमबार

पोखरा विमानस्थलबाट गोलीसहित पक्राउ

पोखरा विमानस्थलबाट गोलीसहित पक्राउ

पोखरा विमानस्थलबाट गोलीसहित एक जना पक्राउ परेका छन्।

यति एयरलाइन्सबाट काठमाडौँ जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित पक्राउ गरेको हो।
    
शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार गोलीसहित उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्