
नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजीत बनर्जीले यदि आफू भारतमा रहेको भए नोबेल पुरस्कार जित्नका लागि समक्ष नहुन सक्ने बताएका छन्।
उनले भनेका छन्, ‘भारतमा प्रतिभाको कमी छैन तर प्रणालीको आवश्यकता छ।’
जयपुर लिटरेचर फेस्टिभलमा उनले भारतमाअर्थशास्त्रमा पीएचडी गर्ने थुप्रै छात्र भए पनि एक व्यक्तिले मात्र हासिल गर्न सम्भव नभएको बताए। त्यसका लागि प्रणालीकाे आवश्यकता रहे पनि वातावरण नै नरहेकाे उनले दाेहाेर्याए।
मुम्बईमा जन्मिएका बनर्जीले कोलकाता विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालयमा शिक्षा लिएका थिए। उनले हार्वर्ड विश्वविद्यालयमा पीएचडीको उपाधि प्राप्त गरेका थिए। उनी अर्थशास्त्रका प्राध्यापक हुन्।
गत वर्ष अभिजीत बनर्जी, उनकी पत्नी एस्तर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा अर्थशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
उनले अधिनायकवाद र आर्थिक सफलतामा कुनै सम्बन्ध नरहेको बताएका छन्।