१० असार २०८३, बुधबार

सभामुखमा सापकोटा निर्विरोध, शपथ कहिले ?

माघ १३, २०७६
सभामुखमा सापकोटा निर्विरोध, शपथ कहिले ?

प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका  छन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । 

प्रमुख प्रतिपक्षीसहितका अन्य दलहरूले उम्मेदवारी नदिएपछि सत्तारूढ दलका उम्मेदवार सापकोटा निर्विरोध निर्वाचित भएका हुन् । 

जेष्ठ सदस्यका रूपमा सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले उनलाई निर्विरोध भएको घोषणा गरे । 

राष्ट्रपति कार्यालयका अनुसार सापकोटाको पद तथा गोपनियताको शपथ सोमवार बिहान ११ बजे हुनेछ । शपथ लगत्तै उनले पदभार सम्हाल्नेछन् । 

उनले प्रतिनिधि सभाको मंगलवारको बैठकदेखि अध्यक्षता गर्नेछन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्