३१ जेठ २०८३, आइतबार

धूम्रपानको लत छुटाउन यूएईले गर्‍यो पहल

धूम्रपानको लत छुटाउन यूएईले गर्‍यो पहल

संयुक्त अरब अमिरात (यूएई) ले देशलाई धूम्रपानको लत छुटाउनका लागि कोशिश गरिरहेको छ । ‘तिमीले धूम्रपान गर्न खोजेमा हामी तिमीलाई गाह्रो बनाइदिनेछौं,’ यूएईले शायद यसलाई सारवाक्य बनाएको छ । 

यसो गर्दा मानिसहरूलाई धूम्रपानको लत छुटाउन वा कम्तीमा घटाउन निकै योगदान गरिरहेको छ । 

सन् २०१६ मा यूएईको नेसनल टोबाको कन्ट्रोल कमिटीले संघीय तमाखु नियन्त्रण कानून तथा नियमावलिलाई संशोधन गर्ने प्रस्ताव ल्याएर सार्वजनिक स्थानलाई पूर्णतः धूम्रपानरहित बनाउने लक्ष्य लिएको थियो । कार्यालय, रेस्टुराँ, क्याफे र लिफ्टहरूमा धूम्रपान निषेध गर्दा चुरोट पिउनेहरू तनावमा परेका थिए । 

पाकिस्तानी मूलका कामदार सज्जाद अहमद दुई वर्षअघिसम्म पनि चेन स्मोकर थिए । उनी काम गर्दागर्दै कैयौंपटक चुरोट तान्न निस्कन्थे । सप्ताहान्तमा परिवारसँग बाहिर जाँदा पनि उनी एक सर्को लगाउन कुनातिर पस्ने गर्थे । 

तर यी पत्रकार अनि दुई सन्तानका पिताका लागि धेरै कुरा परिवर्तन भयो जब उनका रोजगारदाताले कार्यालय हातामा धूम्रपानमा प्रतिबन्ध लगाए । 

‘धूम्रपान गर्नेहरूले कार्यालयबाहिर गएर मात्र चुरोट पिउन पाउने व्यवस्था गरियो । त्यसरी अफिस बाहिर गइरहनु झन्झटिलो थियो अनि मैले बिस्तारै चुरोट पिउनै छोडें,’ अहमदले भने । 

दुबईमा बस्ने भारतीय मूलका सन्तोष कुमारको पनि यस्तै अनुभव छ । सार्वजनिक क्षेत्रमा धूम्रपानमाथि प्रतिबन्ध लगाइएपछि उनले दुई वर्षअघि चुरोट पिउनै छोडे । 

उनी पहिलेपहिले दिनको २५ वटा चुरोट उडाउने गर्थे । 

सार्वजनिक स्थानमा धूम्रपानमा प्रतिबन्ध लगाइएपछि कुमारले २५ को आधा जति मात्र चुरोट पिउन थाले । ‘मैले दिनको २५ वटा चुरोटमा दिनके १० वा ८ चुरोट पिउन थालें । बिस्तारै त्यसलाई घटाएर मैले तीन वा चारमा झारें । अनि पछि गएर त मैले पूरै छोडें । चुरोट पिउन छोडेपछि म संसारकै सबभन्दा खुशी व्यक्ति भएँ,’ कुमारले भने ।

खलीज टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्