०८ असार २०८३, सोमबार

दन्त अस्पताल बनाउन ‘रोटरी म्युजिकल नाइट’

दन्त अस्पताल बनाउन ‘रोटरी म्युजिकल नाइट’

बुटवलमा सामुदायिक दन्त अस्पताल बनाउने उद्देश्यसहित रोटरी क्लब अफ बुटवल, चौतरीले ‘रोटरी म्युजिकलनाइट’ गर्ने भएको छ । 

क्लबले यही माघ १८ गते बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय र स्थानीय कलाकारहरूको सहभागितामा ‘रोटरी म्युजिकल नाइट’ गर्न लागेको हो । 

रोटरी क्लब अफ बुटवल चौतरी रोटरी इन्टरनेसनल, रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटान यसै वर्ष स्थापित क्लब हो । 

क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो । 

क्लबका अध्यक्ष विष्णुप्रसाद घिमिरेले यस क्षेत्रमा कुनै पनि सामुदायिक दन्त हस्पिटल नभएकोले आफूहरू दाँतको सस्तो उपचार गराउने उद्देश्यसहित अस्पताल बनाउने अभियानमा जुटेको बताए । 

उनले ५ वर्षभित्र अस्पताल बनाउन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल, रामजी खाँण, पशुपति शर्मा, अञ्जली अधिकारी र स्थानीय कलाकार प्रचण्ड जिसी तथा राज केसीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

क्बलका बुटवल चौतारीका सचिव तथा युवा अभियन्ता सन्तोष केसीका अनुसार क्लबले अस्पताल निर्माणको अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नेछ । 

सहयोग संकलन र त्यसलाई पारदर्शी बनाउने काममा आफुहरू केन्द्रित रहेको सचिव केसीको भनाइ छ । 

कार्यक्रमका लागि जोडीको २ हजार ५ सय र एकलका लागि १ हजार ५ सय टिकट शुल्क तय गरिएको छ । 

म्यूजिक नाइट गर्न २० लाख खर्च हुने र ७ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्