१४ असार २०८३, आइतबार

अपांगतामैत्री प्रदेश बनाउने मुख्यमन्त्री राईकाे घाेषणा

अपांगतामैत्री प्रदेश बनाउने मुख्यमन्त्री राईकाे घाेषणा

प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशमा नवनिर्माण भएका भौतिक संरचना अपांगतामैत्री भएको बताएका छन्। अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साेमबार यहाँ शुभारम्भ गर्दै उनले अपांगतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिएका हुन्।

उनले अपांगता भएका व्यक्तिको पुनःस्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे।

अपांगता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्