२५ जेठ २०८३, सोमबार

दीपिका पादुकोण हलिउड फिल्म ‘द इन्टर्न’ खेल्ने

दीपिका पादुकोण हलिउड फिल्म ‘द इन्टर्न’ खेल्ने

बलिउड फिल्म ‘छपाक’ को सफलतासँगै दीपिका पादुकोणले नयाँ फिल्मको घोषणा गरेकी छन्।

दीपिका चाँडै नै हलिउडको फिल्म ‘द इन्टर्न’ मा देखिने छिन्।  दीपिकाले भूमिका निर्वाह गर्ने फिल्ममा रोबर्ट डी नीरोको रोलमा ऋषि कपूर खेल्नेछन्।

ट्विटरमा फिल्म घोषणा गर्दै दीपिकाले लेखेकी छन्, ‘मेरो आगामी फिल्मको घोषणा गर्दा उत्साहित भएकी छु। ‘द इन्टर्न’ को इन्डियन अडैप्टेशन।’

यो फिल्ममा दीपिका पादुकोण, बोर्नर्स ब्रदर्स र अजुर एन्टरटेनमेन्टसँग मिलेर प्रोड्यूस गर्ने छन्। यो फिल्मको निर्देशक को हो खुलाइएको छैन।

दीपिका र  ऋषि कपूरले यसअघि हलिउड फिल्ममा खेलिसकेका छन्। तर, यी दुबैको सिन एकसाथ थिएन। 

 

salt training

कमेन्ट गर्नुहोस्